कारोबार


चितवनमा सार्वजनिक भयो महिन्द्राका दुई ‘इलेक्ट्रिक ओरिजिन एसयूभी

चितवनमा सार्वजनिक भयो महिन्द्राका दुई ‘इलेक्ट्रिक ओरिजिन एसयूभी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:५८, काठमाडौँ

नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको नयाँ तथा सर्टिफाइड प्रि-औन्ड गाडीहरूको खरिद विक्री एवम् एक्सचेन्ज तथा महिन्द्रा पिक-अप, ट्रयाक्टर,  एसयूभी र आरभीको आधिकारिक बिक्रेता कम्पनी अग्नि ग्रुपअन्तर्गत अग्नि आस्था प्राइभेट लिमिटेडले इलेक्ट्रिक ओरिजिन एसयूभीहरू बीई-६ र एक्सईभी ९-ई सार्वजनिक गरेको छ।

भरतपुर, चितवनमा अवस्थित होटल सिराइचुलीमा भव्य सार्वजनिकिकरण समारोहसहित यी नयाँ विद्युतीय एसयूभीहरू सार्वजनिक गरिएका हुन्।

सार्वजनिक कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर चैतन्य कगलकर, ग्राहकवर्ग तथा कम्पनिका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष श्रेष्ठले नेपाल तथा देशको क्षेत्रीयस्तरमा इलेक्ट्रिक मोबिलिटीको लागि कम्पनीको भिजन प्रस्तुत गरे। त्यसैगरी महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर कगलकरले ‘बर्न इलेक्ट्रिक भिहेकल (बीईभी)’ प्रविधि तथा महिन्द्राको ग्लोबल ईभी रोडम्याप प्रस्तुत गरे।

यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर (माया) बाट सञ्चालित छन् । यी अत्याधुनिक इ-एसयूभीहरूको सार्वजनिकिकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ ।

महिन्द्रा बीई ६ र एक्सईभी ९ई लाई सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटि एक्सपोमार्फत पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो। त्यसयता यी गाडीहरूले नेपाली उपभोक्ताहरूको मन जित्दै आएका छन् र एक्स्पोमा सिर्जना भएको उत्साहलाई थप बल दिएका छन्। निरन्तर अघि बढ्दै गइरहेको नेपाली बजारले पर्फमेन्स, इन्टिलिजेन्ट, डिजाइन र दिगोपनालाई एकै साथ समेटेका यी बर्न इलेक्ट्रिक भिहेकल्सलाई सकारात्मक रूपमा लिएको छ।

त्यसैगरी हालसालै महिन्द्रा एक्सईभी ९ईले इन्डियन कार अफ द इयर २०२६ अन्तर्गत ग्रिन कार अफ द इयर २०२६ अवार्ड प्राप्त गरेको छ जुन यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनको प्रमाण हो।

यी नयाँ गाडीहरूले नेपाली ग्राहकमाझ पाएको सकारात्मक प्रतिक्रिया तथा बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइनअपलाई नेपालका विभिन्न क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ। फलस्वरूप देशभरका प्रमुख सहरी केन्द्रहरूमा उपत्यका बाहिरका ग्राहकहरूले पनि विश्वस्तरीय विद्युतीय एसयूभीको अनुभव लिन सक्नेछन्।

चितवनमा भएको यो क्षेत्रीय शुभारम्भ सोही दृष्टिकोणको एक महत्वपूर्ण कदम हो भने छिटै वीरगञ्ज, भैरहवा, इटहरीलगायतका सहरहरूमा पनि सार्वजनिक गरिने योजना रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad