नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी तोकिएको छ।
सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई दिइएको आधिकारिता बदर गर्न माग गर्दै दायर रिट सुनुवाइ गर्न आज (मंगलबार) का लागि पेसी तोकिएको हो।
गत पुस २७–३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वको निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते मान्यता दिएको थियो।
त्यसविरुद्ध कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिटको पेसी आज सर्वोच्च अदालतले चारवटा निवेदन सुनुवाइपछिको रोल क्रममा अर्थात् ‘ङ’मा राखेको छ।
कांग्रेस विवादसम्बन्धी रिटको पेसी तोकिएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
Shares

प्रतिक्रिया