सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नाे पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएर राैतहट १ बाट उम्मेदवार बनेका छन्।
कांग्रेस सभापति गगन थापाले झालाई पार्टी प्रवेश गराएर राैतहट १ काे टिकट थमाएका हुन्।
नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार सद्भावना पार्टीबाट कांग्रेस प्रवेश गरेका झाले मात्र टिकट पाएका छन्।
२०७९ मा राैतहटमा तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छाेडेर कांग्रेससहित गठबन्धनबाट धनुषा ३ काे उम्मेदवार बनेका तत्कालीन लाेसपाका नेता झा जुली महासेठसँग पराजित भएका थिए।
फागुन २१ काे निर्वाचनमा झा कांग्रेस प्रवेश गरेर नेपाली कम्युनिस्ट पार्टीका सहसंयाेजक नेपालविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।
1.9k
Shares

प्रतिक्रिया