फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज पदबाट राजीनामा दिँदै छन्।
उनीनिकट स्रोतले नेपालखबरलाई बताएअनुसार मन्त्री पुनले आज पदबाट राजीनामा दिनेछन्।
‘प्रतिनिधि सभा चुनाव लड्न उहाँले राजीनामा दिन लाग्नुभएको हो’ स्रोतले भन्यो, ‘कुन पार्टी/क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा निर्णय गर्न बाँकी छ।’
यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन्।
मन्त्री छँदै उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङ त केही दिन अघिदेखि चुनावी अभियानमा समेत सक्रिय भइसकेका छन्।
7.7k
Shares

प्रतिक्रिया