राजनीति


यस्तो छ देउवाको किल्ला डडेल्धुरामा कांग्रेसले टिकट दिएका नैनसिंह महरको पृष्ठभूमि

यस्तो छ देउवाको किल्ला डडेल्धुरामा कांग्रेसले टिकट दिएका नैनसिंह महरको पृष्ठभूमि

नेपालखबर
माघ ६, २०८२ मंगलबार ८:४३, काठमाडौँ

नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाकाे चुनावी क्षेत्र डडेल्धुरामा यसपटक युवा नेता नैनसिंह महरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएकाे छ।

देउवाले चुनाव नलड्ने घाेषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएकाे हाे।

२०४८ देखि ०७९ सम्म सातवटा संसदीय निर्वाचनमा देउवा अपराजित रहेकाे डडेल्धुरामा कांग्रेसले अन्ततः उनका विश्वासपत्र महरलाई चुनावी मैदानमा पठाएको हो।

महरकाे राजनीति यात्रा डडेल्धुरामा नेपाल विद्यार्थी संघ र पार्टीबाट सुरु भएको थियाे। २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुरको कार्यवहाक अध्यक्ष भएका उनी २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भएका थिए।

नेविसंघकाे जिल्ला अध्यक्ष रहँदाका बखत २०५३ सालमा महर कान्तिपुर दैनिकको रिपोर्टर बनेका महरले राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा २०५७ सम्म काम गरे।

२०५४ सालमा पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरेका महर २०५७ मा नेविसंघकाे चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बने। केन्द्रीय सदस्य हुँदा नेविसंघकाे संगठन विभाग प्रमुख भएरसमेत काम गरेका महर २०६४ सालमा नेविसंघकाे उपाध्यक्ष चुनिए। 

२०७३ सालमा निर्वाचित अध्यक्ष बनेका कांग्रेस १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए।

त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र एलएलबी गरेका महरका पाँचवटा किताब प्रकाशित छन्।

२०६२/६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरले  दैविक प्रकोप उद्धार पदक-२०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड २०१० जीएनएससी (बेलायत) पाएका छन्।

फागुन २१ मा डडेल्धुरामा देउवाकाे राजनीतिक विरासत जाेगाउने जिम्मा महरकाे काँधमा आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad