राजनीति


भोलि उम्मेदवारी मनोनयन: यी हुन् उम्मेदवार बन्न चाहिने अनिवार्य कागजात

भोलि उम्मेदवारी मनोनयन: यी हुन् उम्मेदवार बन्न चाहिने अनिवार्य कागजात

नेपालखबर
माघ ५, २०८२ सोमबार १८:५४, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न  आधा दर्जनभन्दा बढी तहको प्रक्रिया पूरा गर्नुपर्नेछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता गर्ने दिन भोलि मंगलबार हो। 

उम्मेदवार बन्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटोसहितको मतदाता परिचयपत्र हुनु सामान्य प्रक्रिया हो। यसपटक आयोगले 'अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा' पनि अनिवार्य गरेको छ। यो निस्सा बिना मनोनयन दर्ता नहुने निर्वाचन अयोगले जनाएको छ।

उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकको हकमा पनि नियमहरू छन्। प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र वा मतदाता नामावलीमा नाम रहेको निस्सा अनिवार्य बुझाउनुपर्नेछ। प्रस्तावक वा समर्थकको नाम सम्बन्धित निर्वाचन क्षेत्रको नामावलीमा भेटिएन भने उम्मेदवारी स्वतः बदर हुनेछ। 

राजनीतिक दलका उम्मेदवारका लागि सम्बन्धित दलको आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र चाहिन्छ। स्वतन्त्र उम्मेदवारका लागि भने व्यक्तिगत विवरण र 'स्वघोषणा' पत्रलाई मात्रै अनिवार्य गरिएको छ। उम्मेदवारले आफू कुनै पनि लाभको पदमा नरहेको र फौजदारी अभियोग नलागेको स्वघोषणा पर्छ।

पछिल्लो समय पारदर्शिताको प्रश्न उठ्न थालेपछि आयोगले सम्पत्ति विवरणमा पनि कडाइ गरेको छ। उम्मेदवारले मनोनयन दर्ताकै बखत आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ। 'कागजात अपुरो भएमा जतिसुकै पहुँचवाला नेता भए पनि निवेदन दर्ता हुँदैन,' अयोग स्रोतले भन्यो। 

प्रतिनिधि सभाका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ। यो रकम बैंकमा जम्मा गरेको भौचर वा निर्वाचन अधिकृतको कार्यालयमा नगद बुझाएको रसिद अनिवार्य गरिएको छ। बैंकको लामो लाइन र प्रक्रियाले गर्दा अन्तिम समयमा उम्मेदवारी दर्ता गर्नेहरूलाई भौचर व्यवस्थापन गर्न सकस हुन सक्छ तर यो अनिवार्य हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad