राजनीति


शान्ति सुव्यवस्था नागरिक-प्रहरी सहकार्यबाट मात्र सम्भवः आईजीपी कार्की

शान्ति सुव्यवस्था नागरिक-प्रहरी सहकार्यबाट मात्र सम्भवः आईजीपी कार्की

नेपालखबर
माघ ५, २०८२ सोमबार १८:८, काठमाडौँ

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताएका छन्।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नागरिक र प्रहरीबीचको सौहार्दपूर्ण तथा सहकार्यपूर्ण सम्बन्ध बिना प्रभावकारी मुलुकमा शान्ति–सुरक्षा कायम गर्न सम्भव नहुने उनको भनाइ छ।

उनले विश्वका विकसित मुलुकहरूमा समेत प्रहरीको एकल प्रयासले मात्रै शान्ति सुरक्षा कायम हुन नसकेको उल्लेख गरे। उनले प्रहरीका गतिविधिमा नागरिकको निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गरे। 

उनले भने, ‘प्रहरीको काम शान्ति, सुरक्षा अमन्चयन कायम गर्ने त हो। तर बर्दिधारी प्रहरीको एकल प्रयासले मात्रै यो सम्भव छैन। संसारका एकदमै राम्रा भनिएका मुलुकमा पनि प्रहरीको एकल प्रयासबाट शान्ति सुव्यवस्था हुने होइन। नागरिक र प्रहरीको सौहार्दपूर्ण र साझेदारीपूर्ण कार्यले मात्रै शान्ति सुव्यवस्था कायम हुने हुनाले यो कार्यक्रममार्फत प्रहरीका हरेक क्रियाकलापमा नागरिकको निरन्तरको सहयोगको अपेक्षा र सहयोगको याचना गर्दै यो कार्यक्रम आयोजना गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad