राजनीति


पाँच वर्षको लागि मौका दिनुस्, विदेश गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान

पाँच वर्षको लागि मौका दिनुस्, विदेश गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान

नेपालखबर
माघ ५, २०८२ सोमबार १६:५९, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरूलाई दिन आग्रह गरेका छन्। 

तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए।

उनले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे। आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उनको भनाई छ।

उनले पाँच वर्षको आफूहरूले काम देखेपछि फेरि जनताले आफैँलाई नै खोज्ने दाबी पनि गरे। उनले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनुपर्ने बताउँदै आफूले बोलेको कुरा सधैँ पूरा गरेको पनि दाबी गरे।

जनतालाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने घिसिङको भनाई छ। उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरूलाई विश्वास गरेर हेर्न आग्रह गरे। 

उनले भने, ‘तपाईंहरूले अब आगामी ५ वर्षको लागि एउटा अवसर दिनुहोस्। त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिवद्ध भएर लाग्नेर्छौँ। ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईंहरू नै आउनुस् भनेर तपाईंहरूले नै भन्ने वातावरण हामीले बनाउनेछौँ।’

उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरूको उदय भए देश झन् अधोगतितिर जाने बताए। देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad