राजनीति


भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

भोलि साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १६:४,

प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा भोलि साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad