समाज


एपीएफ टोलीद्वारा लागूऔषधसहित ६ जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित ६ जना पक्राउ

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १५:४२,

सशस्त्र प्रहरी टाेलीले विभिन्न स्थानबाट लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ।

सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ कुसुण्डीस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सोही जिल्लाको लहान नगरपालिका १ बस्ने १८ वर्षीय रोशनकुमार महरा र २० वर्षीय जितेनकुमार माचो छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट कुसुण्डीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई नोफिन १० बोतल, डाईजल्याप ८ बोतल र प्रोमेजिन ८ बोतलसहित पक्राउ गरेको हो।

सीमा ईलाकाहुँदै नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले बीरगंज महानगरपालिका १६ स्थित भन्सार मूलगेट ईलाकाबाट सोही महानगरपालिका १३ मुर्ली बस्ने ४५ पर्षीय साबिर आलमलाई लागूऔषधसहित पक्राउ गरेको छ।

एपीएफ टोलीले निज आलमलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र वाईनकोरेक्स दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेका निज आलमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

यसैगरी सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका १२ स्थित धारीवथानबाट एपीएफ टोली र स्थानीय प्रहरीले करीब पाँच केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय कुमार थापा, सोही जिल्लाको लालबन्दी नगरपालिका १५ बस्ने ५० वर्षीय काँजी खड्का र ५५ वर्षीय लालबहादुर फुयाल छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सागरनाथ र सुरक्षा बेस हरिवनबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad