नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।
सामेबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्। अधिकांश युवा नेताहरूलाई यस पटक नेकपाले मौका दिएको छ।
सल्यान, सिन्धुपाल्चोक, झापा, ललितपुर, सुर्खेत, गुल्मी, कञ्चनपुर लगायत जिल्लाका क्षेत्रमा युवाले अवसर पाएका छन्।
संयोजक प्रचण्ड रुकुम पूर्वबाट र सहसंयोजक नेपाल रौतहट-१ बाट चुनाव लड्ने भएका छन्। प्रतिनिधि सभाको चुनावका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
1.0k
Shares

प्रतिक्रिया