बागमती


राप्रपाबाट मकवानपुर १ मा सिंह, २ मा थोकर

राप्रपाबाट मकवानपुर १ मा सिंह, २ मा थोकर

नेपालखबर
माघ ५, २०८२ सोमबार १५:२८, हेटौँडा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मकवानपुरको दुवै क्षेत्रको उम्मेदवार टुंग्याएको छ।

मकवानपुर–१ मा दीपक बहादुर सिंह उठ्ने भएका छन् भने क्षेत्र नम्बर २ मा रामबहादुर थोकरलाई अघि सारिएको छ। 

गत निर्वाचनमा मकवानपुर–१ बाटै निर्वाचित भएका सिंह यसै क्षेत्रमा दोहोरिन लागेका हुन्। २०७९ को निर्वाचनमा २७ हजार ८१६ मत प्राप्त गरेर विजयी भएका उनले सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई पराजित गरेका थिए।\

डीनाले २५ हजार ४३४ मत प्राप्त गर्दा एमालेको चुनाव चिह्न लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे। 
आउँदो निर्वाचनका लागि यस क्षेत्रमा नेकपा एमालेले रामेश्वर रानालाई टिकट दिएको छ। कांग्रेस र नेकपाले भने अझै उम्मेदवार टुंगो लगाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad