राजनीति


रास्वपा प्रवेश गर्दै रहबर अन्सारी, बारा ४ मा उम्मेदवार बन्ने

रास्वपा प्रवेश गर्दै रहबर अन्सारी, बारा ४ मा उम्मेदवार बन्ने

नेपालखबर
माघ ५, २०८२ सोमबार १४:४४, काठमाडौँ

तत्कालीन नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेशसभा सदस्य रहबर अन्सारी आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दैछन्।

जनकपुरधाममा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा कार्यक्रममा उनले औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तयारी गरेका हुन्।

अन्सारी आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीसहित रास्वपामा प्रवेश गर्न लागेका एक नेताले जानकारी दिए। 

रास्वपाले मधेस प्रदेशमा संगठन विस्तार र जनाधार सुदृढ गर्ने क्रममा प्रभावशाली नेताहरूलाई पार्टीमा आवद्ध गराउँदै आएको छ।

अन्सारीले एक महिनाअघि मात्रै माओवादी केन्द्रबाट राजीनामा दिएका थिए। 

माओवादी केन्द्रको प्रदेश सांसदका रूपमा कार्यरत रहँदा उनले विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। 

रास्वपाका नेताहरूले अन्सारीको प्रवेशले बारा जिल्लासहित मधेस प्रदेशमा पार्टीको संगठन थप बलियो हुने आश गरेका छन्। 

नेपालखबरसँग अन्सारीले भने, ‘कुशासन र भ्रष्टाचारीबाट देशलाई बचाउन परिवर्तनकारी भूमिका निर्पाह गर्ने एममात्र पार्टी रास्वपा रहेकाले प्रवेश गर्न लागेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad