नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभा चुनावका लागि सल्यानबाट रमेश मल्ललाई उम्मेदवार बनाउने भएको हो।
अघिल्लो पकट त्यहीबाट जितेका प्रकाश ज्वालाको समेत दाबी भइरहेका बेला त्यहाँ उम्मेदवार टुंगो लगाउन ढिलाइ भइरहेको थियो।
अन्ततः सोमबार मल्ललाई नै टिकट दिने निर्णय भएको हो। मल्ल विद्याथी राजनीतिबाट आएका नेता हुन्।
तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष समेत रहेका उनी प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए।
मल्ल पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।
72
Shares

प्रतिक्रिया