राजनीति


जनकपुरधामको सभालगत्तै बालेन झापा जाने

जनकपुरधामको सभालगत्तै बालेन झापा जाने

नेपालखबर
माघ ५, २०८२ सोमबार ११:४२, विराटनगर

काठमाडौँ महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। 

निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। 

आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।

जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍याली सहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ।  

समर्थकहरूको र्‍यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ।

 ‘इटहरीदेखि नै समर्थकहरूसँग भेट्दै जान भएकोले ठूलो भीड हुने स्थिति देखिएको छ,’ बालेन सचिवालय निकट स्रोतले भन्यो,  ‘उहाँ कहाँ बस्ने भन्ने कुरा सार्वजनिक गर्दा समर्थकहरू भिड व्यवस्थापन गर्ने चुनौती हुने भएकोले बस्ने ठाउँलाई गोप्य राखिएको छ।’ 

आज साँझ भने बालेनले कुनै भेटघाटका कार्यक्रम राखिएको छैन। मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।

आज निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय छलफल बोलाएको छ। छलफलमा दलहरूको उम्मेदवारी दर्ताको लागि आयोगले समय निर्धारण गर्दैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad