राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज जनकपुरधाममा आयोजना गर्न लागेको ‘उदघोष सभा’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
कार्यक्रम स्थलको व्यवस्थापन, स्वागतद्वार, मञ्च सजावट, साउन्ड सिस्टम तथा सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको जसपाको मधेस प्रदेश आरएटी विभाग प्रमुख अम्भु साहले जानकारी दिए।
कार्यक्रमस्थल तिरहुतिया गाछीसहित नगरका विभिन्न स्थान र चोकहरूमा ठूलठूला होडिङ बोर्डहरू झुण्डयाइएको छ।
‘उद्घोष सभामार्फत पार्टीको राजनीतिक दृष्टिकोण, आगामी कार्यदिशा तथा मधेस केन्द्रित मुद्दाबारे पार्टीका नेताहरूले धारणा राख्नेछन्,’ साहले भने।

कार्यक्रमलाई सम्बोधन गर्न रास्वपा वरिष्ठ नेता बालेन शाह आइतवार बेलुका नै जनकपुरधाम आइपुगेका छन्।
आयोजकका अनुसार उद्घोष सभामा जनकपुरधामसहित आसपासका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता, समर्थक र सर्वसाधारणको सहभागिता हुने अपेक्षा गरिएको छ।
शान्तिपूर्ण र व्यवस्थित रूपमा कार्यक्रम सम्पन्न गर्न स्वयंसेवक परिचालन गरिएको र सुरक्षा निकायसँगसमेत समन्वय गरिएको साहले जानकारी दिए।
कार्यक्रममा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, केन्द्रिय पदाधिकारीहरू स्वर्णिम वाग्ले, डीपी अर्याल, शिशिर खनाल र नेताहरू सोभिता गौतम, पुरूषोतम यादव लगायत जनकपुरधाम आउँदैछन्।
Shares

प्रतिक्रिया