नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता युवराज दुलाल सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने भएका छन्।
आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुलाललाई टिकट प्रदान गरेका छन्। ‘प्रतिनिधि सभाको टिकट दिएँ, प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र लिएर आउनुहोला, तपाईलाई जनताले रुचाएको बुझेको छु, तपाईले जित्नुहुन्छ, शुभकामना एवं अग्रिम बधाई’, टिकट दिँदै प्रचण्ले भने।
उनी बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभाको सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। गत निर्वाचनमा सिन्धुपाल्चोक २ ‘क’बाट बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
132
Shares

प्रतिक्रिया