राजनीति


मेयरबाट राजीनामा दिँदै बालेन, रविसँगै हवाई यात्रा गर्न काटे टिकट

मेयरबाट राजीनामा दिँदै बालेन, रविसँगै हवाई यात्रा गर्न काटे टिकट

नेपालखबर
माघ ४, २०८२ आइतबार ११:७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन्। स्थानीय तहको नेतृत्व सम्हालेको करिब चार वर्षपछि उनी राष्ट्रिय राजनीतिमा होमिन लागेका हुन्।

मेयर शाहले आजै पदबाट राजीनामा बुझाएर दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने तय भएको छ।

उनी रास्वपा सभापति रवि लामिछानेसँगै बालेन ४ः१५ बजे जनकपुर जाने टिकट बुक भइसकेको स्रोतले जनायो।

रास्वपाका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीका अनुसार अनुसार आजको बैठकमा बालेनलाई 'वरिष्ठ नेता'को रूपमा स्वागत गर्ने तयारी छ। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ऐतिहासिक जित निकालेका शाहले यसपटक संसदीय निर्वाचनको बाटो रोजेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रने पक्का भएको छ।
रास्वपा केन्द्रीय सदस्य ज्ञवालीले नेपालखबरसँग भने, 'आजको केन्द्रीय समिति बैठकले उम्मेदवारहरूको अन्तिम टुंगो लगाउनेछ। मेयर पदबाट राजीनामा दिएर बालेनजी बैठकमा आउनुहुनेछ। उहाँ हाम्रो पार्टीको मुख्य उम्मेदवार बन्नुहुनेछ।

राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको यो कदमसँगै बालेन आजैदेखि देशव्यापी अभियानमा निस्कने छन्। केन्द्रीय समितिको बैठक सकिएलगत्तै रास्वपा सभापति रवि लामिछाने र बालेन शाह जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ। करिब ४ बजे जनकपुर जाने तयारी रहेको रास्वपा केन्द्रीय कार्यालय स्रोतले जनायो।

जनकपुरमा हुने राजनीतिक कार्यक्रमलाई उनीहरूले संयुक्त रूपमा सम्बोधन गर्ने बुझिएको छ। काठमाडौँको मेयरका रूपमा बालेनको कार्यकाल र उनको राजीनामाले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad