नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बर्दिया-२ मा लालवीर चौधरीलाई उम्मेदवार बनाउने भएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट हालै नेकपा प्रवेश गरेकी रञ्जिता श्रेष्ठले चौधरीको नाम लगभग टुंगो लागि सकेको नेपालखबरलाई जानकारी दिइन्।
लालवीर रेशम चौधरीका बुवा तथा रञ्जिताका ससुरा हुन्। उनले २०७९ को चुनावमा त्यही क्षेत्रबाट जितेका थिए।
त्यस्तै बर्दिया-१ मा वामदेव गौतमलाई उम्मेदवार बनाउनेबारे छलफल चलेको छ।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बन्नेबारे गौतमबारे छलफल भएको हो। यद्यपि, उनीबारे टुंगो लाग्न बाँकी रहेको श्रेष्ठले बताइन्।
‘उहाँबारे छलफल भइरहेको छ, टुंगो लागि सकेको छैन,’ उनले भनिन्।
444
Shares

प्रतिक्रिया