सुदूरपश्चिम


बसको ठक्करबाट वृद्धको मृत्यु, क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बसको ठक्करबाट वृद्धको मृत्यु, क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
माघ ३, २०८२ शनिबार १७:५१, कैलाली

कञ्चनपुरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि पीडित परिवार र स्थानीय आन्दोलित भएका छन्।

भीमदत्त नगरपालिका-१ भाँसीका ६९ वर्षीय भीमबहादुर बिष्टको शुक्रबार बिहान बसको ठक्करबाट ज्यान गएको हो। घटनापछि उचित क्षतिपूर्तिको माग गर्दै पीडित पक्ष र स्थानीयले शनिबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

महेन्द्रनगर नजिकै भाँसी खण्डमा टायर बाल्दै आफन्त तथा स्थानीयले सडक बन्द गरेपछि लामो समयसम्म सवारी आवागमन ठप्प भएको छ।

शुक्रबार बिहान भीमदत्त नगरपालिका-६ सेती महाकाली पेट्रोल पम्प नजिक बसपार्कबाट पेट्रोल पम्पतर्फ गइरहेको सुपप्र ०२-००१ ख १०८३ नम्बरको बसले ठक्कर दिँदा बिष्टको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि बस चालक कैलालीको गोदावरी नगरपालिका-१० मालाखेती खमौरा निवासी ४६ वर्षीय रामबहादुर ताम्राकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad