गगन कांग्रेस कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक प्रक्रिया र निर्वाचन प्रयोजनका लागि उम्मेदवारी फिर्ता लिने वैधानिक समयसीमा समाप्त भइसकेको बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा बोल्दै उनले तोकिएको विधि र प्रक्रियाबाहिर गरिने कुनै पनि दाबी 'खारेजयोग्य' रहेको टिप्पणी गरेका हुन्।
महाधिवेशन प्रतिनिधिले नाम फिर्ता लिएको विषय प्रस्ट्याउन उनले निर्वान कार्यतालिकाकै उदाहरण दिएका थिए।
‘मघको ६ गते प्रतिनिधिसभा उम्मेदवारको मनोनयन मिति तोकिएको छ तर फागुनको १५ गते पछाडि फिर्ता गर्छु भन्न आए कसैको उम्मेदवारी फिर्ता हुँदैन’, शर्माले भने, ‘दर्ता गर्ने एउटा विधि र म्याद हुन्छ, फिर्ता लिने पनि म्याद हुन्छ। फिर्ता लिने समयभित्र फिर्ता लिनेको संख्या २९ हो। यो तथ्यांकभन्दा बाहिरको कुरालाई विधिले चिन्दैन।’
कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेको मितिले ९० दिनभित्र गरिसक्नुपर्छ। त्यो तीन महिना बाध्यात्मक व्यवस्था हो। निर्धारित समय घर्किएपछि गरिने फिर्ताका कुराहरू कपोलकल्पित र भ्रमपूर्ण हुन्', उनले भने, 'निर्धारित समयभित्र सनाखत गर्दा कसैले मेरो हस्ताक्षर होइन नभनेको अवस्थामा, अहिले आएर गरिने दाबीको कुनै कानुनी हैसियत रहँदैन।'
नेपाली कांग्रेस पार्टीका सदस्य संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने भएकाले प्रक्रिया सुरु भएर समापन पनि भइसकेको अवस्थामा अनावश्यक भ्रममा नपर्न शर्माले आग्रह गरे। 'निर्वाचन आयोगको प्राविधिक पक्ष र कानुनी प्रक्रियालाई चुनौती दिने गरी आएका हल्लाहरू पूर्णतः खारेजयोग्य छन्', उनले भने।
निर्वाचन आयोगले बोलाएको छलफलमा अभिव्यक्ति दिँदै शर्माले यस्तो बताएका हुन्। उनले विधि, कानुनको आधार तर्क दिइरहँदा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु जानकी कुमारी तुलाधर तथा सगुन सम्शेर जबरा उपस्थित थिए।
Shares

प्रतिक्रिया