बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एसिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन्।
नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनीयताको शपथग्रहण समेत लिएको बैंकले जनाएको छ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन्।
75
Shares

प्रतिक्रिया