सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बिहीबार (भोलि) बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो।
‘स्थायी समितिको एजेन्डा तय गर्न सचिवालयको बैठक बसेको हो’, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले नेपालखबरसँग भने, ‘बैठक जारी छ।’

प्रधानमनत्री केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरीकन राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्यायदेखि पार्टीमा विवाद देखिँदै आएको थियो। गत शनिबार बसेको सचिवालय बैठकमा केही सहमति भए पनि विवादको पूर्ण हल भने हुन सकेको छैन। यस्तैमा बिहीबार नेकपा सचिवालय बैठब बस्न लागेको हो।

प्रतिक्रिया