हालै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलो कोरोना भाइरस ‘कोभिड १९’ चीनको प्रयोगशालामा निर्माण भएको अभिव्यक्ति दिएका थिए।
बुधबार चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले दैनिक पत्रकार सम्मेलनको क्रममा ट्रम्पको रिपब्लिकन पार्टीले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको तयारी स्वरुप चीनको विरोध गर्ने नीति बनाएको आरोप लगाउँदै अमेरिकी सरकारले सोही नीति अनुरुप बारम्बार चीनविरुद्ध अभिव्यक्ति दिएको बताइन्।
उनले भनिन्,‘अन्तर्राष्ट्रिय समुदायमा भ्रम पैदा गराउने गलत सूचना प्रवाह नगर्न हामी अमेरिकासँग आग्रह गर्दछौं। उसले आफ्नो समस्यामा ध्यान दिनुपर्छ र महामारीको समस्या घरमै समाधान गर्नुपर्छ।’
रिपब्लिकन पार्टीको चुनावी रणनीति सरकारको कार्यमा प्रष्ट देखिएको बताउँदै चुनयिङले चीन अमेरिकी गतिविधिबाट दिक्क भएको बताइन्।

हुवा चुनयिङ
पोम्पियोले कोरोना भाइरस वुहानको प्रयोगशालमा बनेको अभिव्यक्तिमा उनी भन्छिन्,‘पोम्पियोले कुनैपनि प्रमाण सार्वजनिक गरेका छैनन् किनभने उनीसँग त्यो छैन। यो विषय वैज्ञानिकले सम्हाल्नुपर्छ राजनीतिज्ञले होइन।’
घरेलु राजनीतिमा लाभ लिन गरिएका यी कार्यहरु गलत भएको चीनको बुझाई रहेको चुनयिङको भनाइ छ।
रोयटर्सका प्रत्रकारले अमेरिका र चीनबीच सैन्य युद्ध नै हुने खतरा भएको प्रसंग निकालेका थिए। यस विषयमा चुनयिङले भनिन्,‘युद्ध हामी चाहँदैनौं, चीन शान्तिको पक्षधर हो। प्रकोपविरुद्ध सहकार्यले सम्बन्ध सुधार गर्छ भन्ने हाम्रो विश्वास छ।’
अमेरिकामा कोरोना भाइरसको प्रभाव निकै बढ्दै गएपछि अमेरिकाले चीनले कोरोनाको खतराको बारेमा सुरुमै सचेत नगराएको र कोरोनाले पारेको असरबारे सूचनाहरु लकाएको आरोप लगाएको थियो। सीएनएन

प्रतिक्रिया