राजनीति


गगन-विश्वलाई कारबाहीपछि कानुनी परामर्शमा देउवा पक्ष

गगन-विश्वलाई कारबाहीपछि कानुनी परामर्शमा देउवा पक्ष

नेपालखबर
पुस ३०, २०८२ बुधबार १६:३२, काठमाडौँ

दुवै महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले कानुनी परामर्श सुरु गरेको छ। 

बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई साधारण सदस्यबाट निष्कासित गरेको छ। पार्टीले तीन पदाधिकारीलाई कारबाही भएपछि देउवा पक्षले परामर्शका लागि कानुन व्यवसायीलाई बोलाएको हो। 

कारबाहीको वैधता, विशेष महाधिवेशनको कानुनी प्रश्न र पार्टीको आगामी बाटोबारे राय लिन देउवाले आफूनिकट कानुन व्यवसायीलाई बोलाएको एक नेताले बताए। परामर्शका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपाने, तेजबहादुर रावल लगायतका कानुन व्यवसायी सानेपा पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad