राजनीति


गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित

गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित

नेपालखबर
पुस ३०, २०८२ बुधबार १५:४१, काठमाडौँ

नेपाली कांग्रेल महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको छ। 

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुवै महामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ। कांग्रेसले दुवै महामन्त्रीसँगै सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ। 

 कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तीनै जनालाई कारबाही गरिएको प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘नेपाली कांग्रेसको विधान २०१७ धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ देहायको खण्ड घ र ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको छ।’

महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी रहेको छ। 

विशेष महाधिवेशनका कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ। 

विशेष महाधिवेशन पक्ष नयाँ नेतृत्व चयनको प्रक्रियामा गएपछि संस्थापन पक्षले कारबाही गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad