राजनीति


सबै समिति भंग भएर निर्वाचनको कोर्स अघि बढिसक्यो, अब स्थगन हुँदैनः निर्वाचन समिति

सबै समिति भंग भएर निर्वाचनको कोर्स अघि बढिसक्यो, अब स्थगन हुँदैनः निर्वाचन समिति

नेपालखबर
पुस २९, २०८२ मंगलबार २१:८, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार दिनभर चरण चरणमा भएको वार्ता बिनानिर्णय टुंगिएपछि महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ। 

विषेश महाधिवेशन पक्षधरले राखेका अन्य सबै विषयमा सहमति नजिक पुगेपनि पार्टी नेतृत्व छोड्न तयार नभएपछि जारी विषेश महाधिवेशन निर्वाचनको तयारीमा जुटेको हो।

संस्थापन पक्षले निर्वाचनमा एमालेसँग सहकार्य नगर्न, विशेष महाधिवेशनको अपनत्व लिन तयार भएपनि नेतृत्व छोड्न तयार नभएको हो।

पार्टीको दोस्रो विशेष महाधिवेशनका लागि गठित निर्वाचन समितिले तय गरिएको कार्यतालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ।

मंगलबार साँझ मिडिया सेन्टरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन समितिका संयोजक सीताराम केसीले यस्तो जनकारी दिए। 

केसीले पार्टीभित्र संवादका नाममा हुने सहमति राजनीतिक विषय भएको उल्लेख गर्दै निर्वाचन समिति आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए।

उनले महाधिवेशनको बन्दसत्रबाट पार्टीका सबै समितिहरू भंग गरिसकेको र निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको भन्दै निर्वाचनको कोर्ष स्थगित हुने सम्भावना नरहेको जिकिर गरे। 

उनले भने, ‘पार्टीका सबै समितिहरु भंग भएर निर्वाचनको कोर्ष अघिबढिसक्यो, अब संवादमा के सहमति हुन्छ त्यो राजनीतिक कुरा हो। निर्वाचन समिति आफ्नो कार्यतालिकाबाट पछि हट्दैन। पार्टीको विधान निर्वाचन आयोगमा दर्ता छ। संविधान मानेजस्तै दलहरुले विधान पनि मान्नुपर्छ। अब महाधिवेशन प्रतिनिधिहरुले जे भन्छन् हामी त्यसरी नै अघि बढ्छौँ।’

उनले महाधिवेशन प्रतिनिधिहरूको निर्णयअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाइएकाले उनीहरुको निर्णयअनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad