राजनीति


गगन र विश्वप्रकाशको प्रतिवेदन पारित

गगन र विश्वप्रकाशको प्रतिवेदन पारित

नेपालखबर
पुस २९, २०८२ मंगलबार १९:४८, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वयले पेस गरेको प्रतिवेदन  पारित गरेको छ। 

मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले हलमा छलफलका क्रममा उठेका प्रश्नको जावफ दिएपछि हलले उनीहरुको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। 

आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्द सत्रमा थापाले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

दुवै प्रतिवेदनमा कांग्रेसको सांगठनिक संरचना र नीतिगत विषयमा सुधारको प्रस्ताव गरेका छन्। 

ती प्रतिवेदन पारित भएसँगै विशेष महाधिवेशनको हलले नीतिगत विषय पारित गर्दै अगाडि बढेको छ। अब नेतृत्व चयन गर्न मात्रै बाँकी छ। 

आज उम्मेदवारी दर्ता गरेको भए पनि नेतृत्व चयनका लागि चुनाव भोलि मात्रै हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad