राजनीति


सरकारको ध्यान महामारीमा होइन, पार्टीको अन्तरिक विवादमा केन्द्रित भयो : राणा

सरकारको ध्यान महामारीमा होइन, पार्टीको अन्तरिक विवादमा केन्द्रित भयो : राणा

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ७:३,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीविरुद्धको संघर्षमा सरकारले आवश्यक समय र नेतृत्व दिन नसकेको आरोप लगाएका छन्।

सरकार सत्ताको लेनदेन र भागबण्डामा ब्यस्त रहँदा, पार्टी अध्यक्षको टेबल र रातो कपडा प्राथमिकतामा परेको, कोरोना प्रकोप र आर्थिक संकटको मुद्दा ओझेलमा परेको राणाले बुधबार बताए।

‘केही दिन अघिसम्म सरकार सत्ताको छिनाझपटीमा ब्यस्त थियो। अब स्थायी समितिको बैठक छ। अर्थात बालुवाटारमा सघन छलफल जारी छ, विषय तर कोरोना हैन रातो कपडा, अध्यक्षको टेबल र सत्ताको भागबण्डा छ,’ उनले भने ।

सत्तारूढ नेकपा भित्रको सत्तासंघर्षका कारण जनता सरकारप्रति विश्वस्त रहन नसकेको भन्दै उनले भने, ‘महामारी, आर्थिक संकटसँग जुध्न सरकारलाई समय कहिले मिल्ने हो? जनजिब्रोमा यही प्रश्न झुण्डिएको छ।’

बन्दाबन्दीको समय ढेड महिना बितिसक्दा पनि सरकारले अत्यावश्यक चाँजोपाँजो मिलाउन नसकेको राणाको टिप्पणी छ। स्वास्थ्य उपकरण, स्वास्थ्य परीक्षण, क्वारेन्टिन व्यवस्थामा अभाव कायम रहेको भन्दै सरकारको स्वास्थ्य रणनीति अन्योलग्रस्त रहेको उनले ट्विट गर्दै बताए।

‘बन्दाबन्दी ४४ दिन भयो। यसबीच क्वारेन्टिन सुविधा, स्वास्थ्य उपकरणको उपलब्धता ब्यवस्थित हुनुपर्ने हो। स्वास्थ्य परीक्षण ब्यापक बन्नुपर्ने हो। विदेशमा रहेका नेपाली फिर्ता ल्याउन स्पष्ट खाका तय भइसक्नु पर्ने हो,’ राणाले भने, ‘तर महामारी विरुद्धको हाम्रो संघर्ष नेतृत्वविहीन छ, अभावग्रस्त छ ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad