लकडाउनको समयलाई सदुपयोग गर्दै सिप्रदी ट्रेडिङ्ग प्रालिले बीएस ४ र बीएस ६ सम्बन्धी अनलाइन तालिम प्रदान गरेको छ।
कम्पनीले नेपाल टिप्पर तथा ट्रक व्यवसायी संघ र आफ्ना ग्राहकलाई अनलाइनमार्फत तालिम दिएको हो।
नयाँ टेक्नोलोजीका गाडीहरुमा रहेका विशेषता, नयाँ प्रविधिलाई कसरी सहजीकरण गर्ने र यसका फाइदाहरु के–के छन् भन्ने विषयमा तालिम दिएको कम्पनीले जनाएको छ।

उक्त तालिममा १५ जनाको सहभागितामा रहेको थियो। यस किसिमका महत्वपूर्ण तालिमहरु चालक तथा सहचालकलाई पनि दिनुपर्ने छलफल भएको थियो।
सिप्रदी ट्रेडिङ्गका ग्राहक सेवा महाप्रबन्धक सामदेन लामाले अबको युग भनेको नवीनतम प्रविधिको युग भएको र आउने दिनहरुमा आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय प्रविधिको साथ निरन्तर उच्चस्तरीय सेवा दिने बताएका थिए।
3
Shares

प्रतिक्रिया