विशेष महाधिवेशन पक्षसँगको वार्तापछि संस्थापन पक्षको वार्ता टोली सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगन्ज पुगेको छ।
कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको विशेष महाधिवेशन पक्षसँगको वार्तापछि देउवा र डा. शेखर कोइराला पक्षीय नेताहरू सभापति देउवालाई भेट्न महाराजगन्ज पुगेका हुन्।
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विशेष महाधिवेशन पक्षसँग वार्तामा सहभागी नेता रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजालसहित नेताहरू देउवासँग छलफलमा छन्।
मंगलबार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा तीन पक्षका ८ जना नेताबीच संवाद भएको थियो। छलफलमा सभापति देउवा पक्षीय नेता रमेश लेखक, बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए।
Shares

प्रतिक्रिया