गुठी आन्दोलनका अभियन्ता हुँदै राजनीति प्रवेश गरेका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।
हाल राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष रहेका उनी बुधबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
नेकपा नेता राजेन्द्र श्रेष्ठका अनुसार उनलाई पार्टी प्रवेश गराउन राष्ट्रिय सभागृहमा भोलि कार्यक्रम आयोजना गरिँदै छ। सायमीसँगै २०, २१ जनाको समूह नेकपा प्रवेश गर्न लागेको हो।
श्रेष्ठका अनुसार त्यही कार्यक्रममा उपत्यकाको गैरन्यायिक सडक विस्तारका पीडित र सहकारी पीडितहरूको समूह पनि प्रवेश गर्दै छ।
सायमी २०७९ मा काठमाडौँको मेयरमा चुनाव लडेका थिए। तर, चुनाव भने बालेन्द्र शाहले जितेका थिए।
केही समय बालेनलाई सहयोग गरेका उनले काठमाडौँका ठेला व्यापारी हटाउने र सडक विस्तार गर्न थालेपछि बालेनको विरोधमा उत्रिएका थिए।
Shares

प्रतिक्रिया