राजनीति


एमाले अछामका नेता बोहोरा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

एमाले अछामका नेता बोहोरा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नेपालखबर
पुस २८, २०८२ सोमबार १४:३५, काठमाडौँ

नेकपा एमाले अछामका नेता भैरवबहादुर बोहरा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। सोमबार उनले नेपाली कम्युनस्ट पार्टीका नेता भीम रावलसँग भेट  गर्दै एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेको घोषणा गरेका हुन्। 

बोहोरासँग भेटघाट गरेको तस्बिर राख्दै रावलले पार्टीमा स्वागत समेत गरेका छन्। ‘नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र विकासमा अछामदेखि काठमाडौँसम्म लामो समय सहयात्रा गरेका कमरेड भैरबबहादुर बोहरासँग आजदेखि पुनः एउटै भावनाका साथ एउटै पार्टीमा अघि बढ्ने संकल्प गरेका छौँ,’ रावलले लेखेका छन्, ‘म अत्यन्त खुसी भएको छु।’

बोहोराले एमालेको नेतृत्व सत्ता केन्द्रित, अहंकारी र स्वेच्छाचारी भएको भन्दै एमाले त्याग्नुपरेको उल्लेख गरेका छन्। ‘अहिले आएर राष्ट्रिय स्वाधीनता नै खतरामा पर्न लागेको र जनताका आकांक्षा नै धुमिल हुनलागेको जस्तो स्थिति सिर्जना भएको देख्दा देशभक्तिमा आधारित देश र जनमुखी बलियो कम्युनिस्ट पार्टीको आवश्यकता महसुस भएको छ,’ उनले भनेका छन्, ‘यस्तो आवश्यकतालाई पूरा गर्नेतर्फ काम गर्नुभन्दा म रहेको नेकपा (एमाले) को नेतृत्व सत्ता केन्द्रित, अहंकारी र स्वेच्छाचारी भएर विपरीत सिद्धान्त र व्यवहार भएकाहरुसंग साँठगाँठ गर्नेतर्फ लागेको देखियो।’ 

बोहोराले आफू सम्पर्क समन्वय कमिटीको केन्द्रीय सदस्य र अछाम इञ्चार्जको पद तथा एमालेको सदस्यता परित्याग गरेको बताएका छन्। 

तर, एमाले उपमहासचिव लेखराज भट्टले भने उनी एमोको अछाम इन्चाज र केन्द्रीय सदस्य दुवै नभएको नेपालखबरलाई बताए। ‘अछामको जिल्ला इन्चार्ज झपट बोहोरा हो,’ भट्टले भने, ‘उहाँ पार्टीको केन्द्रीय सदस्य पनि होइन।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad