नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भर्खरै बन्दसत्र प्रारम्भ भएको हो।
बन्दसत्र हलमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्।
विश्वप्रकाश पहिलेदेखि थिए भने गगन पनि भर्खर महाधिवेशनस्थल आइपुगेका हुन्।
बन्दसत्रमा महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले राजनीति प्रतिवेदन पेस गर्ने छन्।
नीति र नेतृत्वबारे, समसामयिक राजनीति, पार्टीकाे संरचनात्मक सुधार र विविध गरी चार एजेन्डा बन्दसत्रमा छलफलका लागि पेस गरिने छ।
सुरुमा आज बिहान ८ बजे नै बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिको नाम दर्तालगायत काम बाँकी रहेकाले बिहान झन्डै साढे ११ बजे मात्र प्रारम्भ भएको हो।
कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन भइरहेको हो।
- बहुमत प्रतिनिधि भृकुटीमण्डप पुग्दा देउवा निवासमा रनभुल्ल
- कांग्रेसका बहुमत प्रतिनिधिको विद्रोह, नेतृत्व छान्नेबारे तीन मत
Shares

प्रतिक्रिया