कारोबार


सिद्धार्थ बैंकको सीईओ बने बस्याल

सिद्धार्थ बैंकको सीईओ बने बस्याल

नेपालखबर
पुस २८, २०८२ सोमबार ११:५४, काठमाडौँ

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। 

बैंकमै कायममुकायम प्रमुख कार्यकारी रहेका उनलाई शुक्रबार बैंक सञ्चालक समितिको बैठकले सीईओ नियुक्त गरेको हो। 

उनको कार्यकाल २५ गतेदेखि सुरु भइसकेको छ भने चार वर्षसम्म कार्यभार सम्हाल्नेछन्। उनी काठमाडौं निवासी हुन्। 

बैंकिङ क्षेत्रमा उनको ३६ वर्ष लामो अनुभव रहेको बैंकले जनाएको छ। उनले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न पदमा रहेर काम गरेका थिए। सन् २००५ यता उनी सिद्धार्थ बैंकमा आबद्ध थिए। 

बैंकमा उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा भूमिका निर्वाह गरिसकेका छन्। 

बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनले विशेष योगदान दिएको बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad