राजनीति


वामपन्थी शक्तिहरूलाई एक बनाउने प्रयास गर्दैछु : प्रचण्ड

वामपन्थी शक्तिहरूलाई एक बनाउने प्रयास गर्दैछु : प्रचण्ड

नेपालखबर
साउन ७, २०८३ बिहिबार १४:७, काठमाडौँ

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका वामपन्थी शक्तिहरुलाई एक बनाउने प्रयासमा आफू लागेको बताएका छन्। 

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा, एमालेसहितका वामपन्थी शक्तिहरूबिच सहकार्यको लागि आफूले पहल गरिरहेको बताएका हुन्। 

प्रचण्डले देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको पनि दाबी गरे। 

‘अहिले संघर्षबाट प्राप्त उपलब्धी र सकारात्मक परिवर्तनविरुद्ध प्रहार भइरहेको छ,’ प्रचण्डले भने, ‘अहिले देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास गरिएको छ। त्यसलाई रोक्न सवै लोकतान्त्रिक र वामपन्थी शक्तिबिच सहकार्य जरुरी छ।’

फेरी एक पटक प्रतिगमनविरुद्ध सबै एक भएर आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै उनले विगतमा युवाहरूलाई प्रशिक्षित गर्न नसकेको बताए। 

‘अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको छ। प्राप्त उपलब्धिहरू संकटमा परेका छन्। योअवस्थामा सबै मिल्नसक्ने जति मिलेर अगाडी बढ्नुको विकल्प छैन,’ प्रचण्डले भने। 

कार्यक्रममा नेकपाका सह-संयोजक माधव नेपाल लगायतका नेताले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागीहरूले पुष्पलालको तस्बिरमा माल्यार्पण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad