राजनीति


मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा

नेपालखबर
पुस २७, २०८२ आइतबार १९:३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूसँग विश्वेश्वरप्रसाद कोइरालाको विचार र लौहपुरुष गणेशमान सिंहको साहस रहेको बताएका छन्।

आइतबार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले देशलाई भरोसा दिन र पार्टीलाई रुपान्तरणकारी निर्णय गर्दे बताए। ‘ठण्डा दिमागले सोचौँ, जे निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर जाने हो,’ उनले भने। 

कांग्रेस सभापति शेरबहादुर देउवालाई बन्दसत्रमा आउने उनले आग्रह गरे। सोमबारसम्म नेतृत्वलाई कुर्ने उनको भनाइ थियो। ‘आउने/नआउने उनीहरूको मर्जी, निर्णय गर्ने तपाईंहरूको मर्जी,’ थापाले भने, ‘युद्ध जित्नका लागि लडाइँ पनि हार्नुपर्छ, हार्न तयार छौंँ। कहिले काँही ज्वालालाई जोगाउनका लागि आफू डड्नुपर्छ, डड्नका लागि तयार छौँ, नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनको लागि।’

आफूसँग कांग्रेसलाई बदल्ने विचार र साहस भएको उनको भनाइ थियो। ‘म बीपी छोरा होइन, गणेशमानको छोरा होइन। मेरो शरीरमा बीपी र गणेशमानको रगत छैन। तर, बीपीको विचार छ, गणेशमानको साहस छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad