राजनीति


गगनको उद्घोष- महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि

गगनको उद्घोष- महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि

नेपालखबर
पुस २७, २०८२ आइतबार १९:१४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले नेता बदल्न सक्ने बताएका छन्। 

आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा सबैभन्दा शक्तिशाली महाधिवेशन भएको बताए। ‘कांग्रेसको विधानले भन्छन्- महाधिवेशनभन्दा ठूलो केही छैन,’ थापाले भने, ‘महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि।’

उनले महाधिवेशनसँग विधानसमेत बदल्ने क्षमता रहेको उल्लेख गरे। ‘महाधिवेशनले नीति बदल्छ, विधान पनि बदल्छ,’ थापाले भने। 

विशेष महाधिवेशनले के गर्छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ थियो। कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको भए विशेष महाधिवेशनका एजेन्डा पहिले नै स्पष्ट हुने भए पनि प्रतिनिधिले आयोजना गरेको भएले हलभित्रै एजेन्डा तय उनले बताए। 

‘कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन। तपाईहरूले माग्नु भएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने। मैले मागेको होइन, तपाईहरूले मागेको हो,’ उनले भने, ‘हाउसले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad