राजनीति


गगन थापाले भने- हलले जे निर्णय गर्छ, त्यो मलाई स्वीकार्य छ

गगन थापाले भने- हलले जे निर्णय गर्छ, त्यो मलाई स्वीकार्य छ

नेपालखबर
पुस २७, २०८२ आइतबार १८:५१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशको बन्द सत्रले जे निर्णय गर्छ त्यसलाई मान्ने बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन। तपाईहरूले माग्नु भएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने,’ थापाले भने, ‘मैले मागेको होइन, तपाईहरूले मागेको हो। हाउसले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ।’

आजदेखि सुरु भएको विशेष महाधिवेशनको भोलि सोमबार बन्द सत्र राखिएको छ। कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। 

उनले कांग्रेस दास र लासहरूको नभएको पनि बताए। ‘यहाँ प्रश्नहरू छन्। कांग्रेसमा प्रश्नहरू मरेको छैन, यहाँ कोही बा छैन,’ महामन्त्री थापाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad