राजनीति


बहुमत प्रतिनिधि जहाँ छन्, त्यही हुन्छ पार्टी : महेश आचार्य

बहुमत प्रतिनिधि जहाँ छन्, त्यही हुन्छ पार्टी : महेश आचार्य

नेपालखबर
पुस २७, २०८२ आइतबार १७:५१, काठमाडौँ

नेपाली कांग्रेसका नेता महेश आचार्यले नेताको पछि नभइ कार्यकर्ता उभिएको ठाउँमा पार्टी हुने पद्धति बनाउनुपर्ने बताएका छन्। 

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता र पार्टी कार्यकर्तासँगै उभिनुपर्ने बताए। विशेष महाधिवेशनले सन्देश दिएको बताउँदै आचार्यले भने, ‘बहुमत महाधिवेशन प्रतिनिधि जहाँ छन्, त्यही हुन्छ पार्टी।’

उनले पार्टी र नेतृत्व विधि र विधानबाट चल्नुपर्नेमा जोड दिए। ‘यो विशेष महाधिवेशनले विधानसम्मत पार्टी चल्नुपर्छ भन्ने कुराले तय गरेको छ,’ उनले भने। 

विशेष महाधिवेशनको पछि कांग्रेस फरक हुनुपर्ने उनको भनाइ थियो। ‘भोलिदेखि हिजो र आजको जस्तो कांग्रेस रहनेछैन। विधिको स्थापना हुनेछ। नयाँ कांग्रेस हुनेछ,’ आचार्यले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad