राजनीति


विशेष महाधिवेशनबाट नीति र नेतृत्व फेर्नुपर्छ: अमरसिंह पुन

विशेष महाधिवेशनबाट नीति र नेतृत्व फेर्नुपर्छ: अमरसिंह पुन

नेपालखबर
पुस २७, २०८२ आइतबार १६:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता अमरसिंह पुनले विशेष महाधिवेशनबाट नीति र नेतृत्व फेर्नुपर्ने बताएका छन्। 

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले सभापति शेरबहादुर देउवा र सबै केन्द्रीय सदस्यलाई बन्दसत्रमा सहभागी हुन आग्रह गरे। सबैले सहमतिमै अघि बढ्नुपर्ने उनको भनाइ थियो। 

हलले गर्ने निर्णय सबैले मान्नुपर्ने बताउँदै पुनले भने, ‘विशेष महाधिवेशनबाट नयाँ नीति र नयाँ नेतृत्व फर्ने निर्णय गरेर जानुपर्छ।’

कांग्रेसले हिजो गरेका गल्ति सुधारेर अघि बढ्नु उनले आग्रह गरे। यसका लागि विशेष महाधिवेशनले प्रतिबद्धता जनाउनुपर्नेमा उनको जोड थियो। उनी कांग्रेस लुम्बिनी प्रदेशका सभापति हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad