राजनीति


राप्रपाको चियापान समारोहमा प्रधानमन्त्री कार्की सहभागी

राप्रपाको चियापान समारोहमा प्रधानमन्त्री कार्की सहभागी

नेपालखबर
पुस २७, २०८२ आइतबार १५:१०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्।

आइतबार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरे।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरू, राप्रपाका नेता, कार्यकर्ताहरू सहभागी भएका छन्। 

राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पौस २७ गते उनको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ। 

सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यक्ता रहेको जिकिर गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad