राजनीति


अब इतिहासको ब्याज मात्र खाएर चल्दैन : गोपालमान श्रेष्ठ

अब इतिहासको ब्याज मात्र खाएर चल्दैन : गोपालमान श्रेष्ठ

नेपालखबर
पुस २७, २०८२ आइतबार १५:१६, काठमाडौँ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब इतिहासको ब्याज खाएर मात्रै नहुने बताएका छन्। 

आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेसले समयअनुसार चल्नुपर्ने बताए। ‘अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन,’ श्रेष्ठले भने।

अब राणा शासनविरुद्ध लडेको, पञ्चायविरुद्ध लडेको, २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, राजतन्त्र फालेको भनेर नहुने उनको भनाइ थियो। नयाँ पुस्ता र जनताका आकांक्षा पूरा गर्नेगरी अघि बढ्नुपर्नेमा उनले जोड दिए। 

‘समय बदलिएको छ, पुस्ता बदलिएको छ, जनताका अपेक्षा बदलिएका छन्। पार्टी चल्ने शैली बदल्नुपर्छ, नयाँ युवालाई अगाडि सार्नुपर्छ’, श्रेष्ठले भने। 

उनले राष्ट्रियता नै खतरामा पर्ने अवस्था आएको बताए। त्यसका लागि दलगत गुटमा लाग्न नहुने उनको भनाइ थियो। 

‘देशको स्थिति अत्यन्त जटिल छ। अब पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्छ, गुटको त कुरै नगरौँ’, श्रेष्ठले भने। 

ऐतिहासिक विशेष महाधिवेशन भएकाले शुभकामना दिन उपस्थित भएको उनको भनाइ थियो। ७० वर्षपछि विशेष महाधिवेशन आयोजना गर्ने सबैलाई उनले धन्यवाद दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad