राजनीति


कांग्रेसको विशेष महाधिवेशनमा ४ सयभन्दा बढी प्रतिनिधिले गराइसके नाम दर्ता

कांग्रेसको विशेष महाधिवेशनमा ४ सयभन्दा बढी प्रतिनिधिले गराइसके नाम दर्ता

नेपालखबर
पुस २७, २०८२ आइतबार ११:२६, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। 

विशेष महाधिवेशन आयोजकबाट नेपालखबरलाई प्राप्त सूचीअनुसार बिहान ११ बजेसम्म ४०८ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका हुन्। 

सातै प्रदेशका छुट्टाछुट्टै स्टल राखेर बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिकाे नाम दर्ता भइरहेको छ।

नाम दर्ता शुल्क १ हजार राखिएको छ। नाम दर्तापछि प्रतिनिधिले झाेला र कार्ड पाउनेछन्।

यस्तो छ अहिलेसम्मको दर्ता सूची-

कोसी- ८३

मधेस- ८२

बागमती-६२

गण्डकी-८०

लुम्बिनी-१२२

सुदूरपश्चिम-३०

भ्रातृ शुभेच्छुक/जनसम्पर्क-२९

देशभरमा गरेर कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। 

विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी आयोजक पक्षले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad