राजनीति


भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशनको चहलपहल (तस्बिरहरू)

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशनको चहलपहल (तस्बिरहरू)

सरोज नेपाल
पुस २७, २०८२ आइतबार १०:११, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको चहलपहल सुरु भएको छ। 

संस्थापन पक्षको असहमतिबीच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आज पुस २७ गते (आइतबार) भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको हो। 

पुस २७ र २८ गते हुने विशेष महाधिवेशन आज दिउँसो १ बजे उद्घाटन हुँदै छ। 

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ।

त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिएका छन्।

मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए।

पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यायालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी छ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने उनले बताए।

आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ।

साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उहाँले जानकारी दिए।

यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले रु एक हजार शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ।

हेर्नुहोस् विशेष महाधिवेशन तयारीका तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad