राजनीति


रास्वपा बैठकमा रविको ब्रिफिङ- पार्टीको नाम फेर्नेसम्मका कुरा आएपछि कुलमानसँग मिल्न नसकिने अवस्था बन्यो

रास्वपा बैठकमा रविको ब्रिफिङ- पार्टीको नाम फेर्नेसम्मका कुरा आएपछि कुलमानसँग मिल्न नसकिने अवस्था बन्यो

नेपालखबर
पुस २६, २०८२ शनिबार १७:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङले पार्टीको नयाँ नाम फर्नेसम्मको नयाँ प्रस्ताव ल्याएपछि उज्यालो नेपालसँगको सहकार्यलाई अगाडि बढाउन नसकिने स्थिति आएको बताएका छन्। 

उज्यालो नेपालसँगको सहकार्य टुटेपछि आकस्मिकरुपमा बोलाइएको रास्वपा सचिवालय बैठकमा ब्रिफिङ गर्दै लामिछानेले दिन दिनै कुलमानले नयाँ प्रस्ताव ल्याएको बताएका थिए। 

रास्वपा नेता शिशिर खनालका अनुसार कुलमानले आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट अहिले नै बाँड्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्ने प्रस्ताव ल्याएका थिए। 

रविको भनाइ उल्लेख गर्दैै खनालले नेपालखबरसँग भनेः 
पछिल्लो समय विभिन्न खाले पुरक प्रस्ताव आएको थियो। त्यसमा संवाद भएको तर निन्तर प्रयासपछि पनि सहमति जुट्न सकेन।

मुलरुपमा पदको विषय र पार्टी नामको विषय फेरि आएपछि धेरै प्रयास गर्दा पनि अगाडि बढ्न सकिँदैन भनेर ब्रिफिङ गर्नुभयो।

वरिष्ठ उपसभापतिको कुरा पनि आएको। महामन्त्री लगायत थप पदाधिकारी, थप सचिवालय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँटको प्रस्ताव छलफलमा आयो। पहिले नै टुंगिए पनि हरेक दिन नयाँ-नयाँ प्रस्ताव आयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad