राजनीति


विशेष महाधिवेशनमा श्रेष्ठ सहभागी हुने, देउवाको सचिवालयले बुझेन निम्तो

विशेष महाधिवेशनमा श्रेष्ठ सहभागी हुने, देउवाको सचिवालयले बुझेन निम्तो

नेपालखबर
पुस २६, २०८२ शनिबार १७:४, काठमाडौँ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पुस २७ र २८ गते भृकुटीमण्डमा हुने विशेष महाधिवेशनमा सहभागी हुने भएका छन्।

शनिबार विशेष महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षले संस्थापन पक्षका नेता श्रेष्ठ पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको हो।

त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरु डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरुले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको नेता सुवाष पोखरेलले बताए। महामन्त्री गगन थापाले नेता श्रेष्ठको घरमा पुगेर आज भेटवार्ता पनि गरेका थिए।

विशेष महाधिवेशनमा भाग लिनका लागि सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुलाई पनि पत्र पठाइएको पत्रकार सम्मेलनमा बताइएको छ । नेता पोखरेलले कांग्रेसको गरिमालाई बढाउन महाधिवेशनमा सभापति देउवा सहभागी हुने विश्वास समेत व्यक्त गरे।

उनले भने ,‘पार्टी सभापतिले हाम्रो निम्तोलाई स्विकार गरेर हामीलाई सम्मान गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं। क्रान्तिको ओजमा हुर्किएको रुवाखोलाको एउटा युवा केटो जो काठमाडौं आउन पनि उता इन्डियाबाट घुमेर आउनु पर्दथ्यो। त्यो मोडबाट यो मोडसम्म आईपुग्नु भएको सभापतिजीले दुखका मोडहरु सम्झनु हुनेछ। कांग्रेसको गरिमा बढाउनका लागि हामीले उहाँबाट अपेक्षा गरेका छौं ।’

सभापति देउवाको सचिवालयले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेको छ। सबै केन्द्रीय पदाधिकारीलाई आफूहरुले निम्ता दिएको उनको भनाइ छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला लगायतको सचिवालय निम्तो पत्र बुझेको विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साहको भनाइ छ। विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि पोखरेलले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad