शेरबहादुर देउवाको बलियो राजनीतिक पकड रहेको डडेल्धुराबाट पनि विशेष महाधिवेशनको स्वर देखिएको छ। सभापतिको कार्यशैली र पार्टी विधानको प्रश्न उठाउँदै विशेष महाधिवेशनको वकालत गर्नेमध्येका एक हुन्– डडेल्धुराका महाधिवेशन प्रतिनिधि जनक चटौत। डडेल्धुराबाटै सभापतिको चाहनाविपरीत उभिनुको कारणबारे चटौतसँग गरिएको संक्षिप्त कुराकानी:
तपाईं डडेल्धुराको प्रतिनिधि सभापति देउवाको पक्षमा किन नजानु भएको हो?
विशेष महाधिवेशन भनेको सभापतिविरुद्धको कदम होइन। कुनै व्यक्ति वा पदविरुद्धको अभियान पनि होइन। हामी कांग्रेसकै विधि र विधानको पक्षमा उँभिएका मात्रै हौँ। म सभापति विरोधी होइन।
विशेष महाधिवेशनको पक्षमा उँभिदा सभापति पक्षका मान्छेले केही भन्नुभयो होला नि?
डडेल्धुराका कति जना प्रतिनिधिमध्ये विशेष महाधिवेशनको पक्षमा हुनुहुन्छ होला?
अलि अगाडिसम्म हामी ६-७ जना थियौँ। अहिले तीन जना साथीहरु विशेष महाधिवेशन नचाहनेतर्फ जानुभयो। खुलेर काम गर्ने हामी ३ जना छौँ। बाहिर नखुले पनि अनौपचारिक रुपमा जिल्लाका केही नेताले समर्थन गर्नु भएको छ।
सभापतिका सहयोगी नेता तथा समकक्षी साथीसँग तपाइँको भेटघाट, कुराकानी हुन्छ होला। उहाँहरु के भन्नुहुन्छ ?
त्यसरी गालीगलौज गर्ने को हुन त ?
फेक अकाउन्ट बनाएर पनि तथानाम गाली गर्ने, फोहोरी शब्द प्रयोग गर्ने र ज्यान मार्ने धम्की दिने काम भइरहेछ।
Shares

प्रतिक्रिया