उपसचिव वा सो सरहका सरकारी वकिलहरूको ब्यापक जिम्मेवारी हेरफेर हुने भएको छ।
न्याय सेवा आयोगले ४४ जना सरकारी वकिललाई सरुवा गर्न न्याय परिषद् सामु सिफारिस गरेको हो।
सरुवा कार्यान्वयन भएसँगै महान्यायाधिवक्ताको कार्यालयसहित देशका उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरु हेरफेर हुनेछन्।
सरकारी वकिल समूहकै प्रथम श्रेणीमा ८ जनालाई बढुवा तथा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ। यी मध्ये ४ जनालाई जेष्ठताका आधारमा र ४ जनालाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्न सिफारिस गरिएको हो।
हेर्नुहोस् सरुवा र पदस्थापनको सूचीः
306
Shares

प्रतिक्रिया