राजनीति


सहसचिवको दरबन्दीमा उपसचिव बने सीडीओ: यस्तो छ गृहको तर्क

सहसचिवको दरबन्दीमा उपसचिव बने सीडीओ: यस्तो छ गृहको तर्क

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १४:२३, काठमाडौँ

गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका दुई वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेफेर गरेको छ। गृहले नुवाकोटमा शम्भुप्रसाद रेग्मी र बागलुङमा कृष्णप्रसाद आचार्यलाई सिडिओ नियुक्त गरेको हो।

दुवै सहसचिव दरबन्दी भएका जिल्ला हुन्। त्यहाँ सिडिओ बनेका दुवै उपसचिव हुन्।

सहसचिव जानुपर्ने ठाउँमा उपसचिव तहका कर्मचारी किन पठाउनु परेको हो? नेपालखबरको प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘उहाँहरुको बढुवा भइसक्नु भएको हो। ३५ दिने सूचना पनि आइसकेको हुँदा सरुवा गरिएको हो। सूचना आएको पनि १०–१२ दिन बितिसकेको छ।’

उनकाअनुसार गृह प्रशासनमा लामो अनुभव भएका दुवै जना आन्तरिक तथा कार्यक्षमता मूल्याङ्कनबाट सहसचिव बन्न लागेका हुन्।

लोकसेवाले कुनै पदका लागि उम्मेदवारको योग्यता क्रम तयार पारेपछि उनीहरुलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गर्छ।

रेग्मी र आचार्यको हकमा यो समय मात्र नकटेको काफ्लेले जनाए। उनका अनुसार रेग्मी र आचार्य दुवै जना गृह प्रशासनका अनुभवी व्यक्तिहरू हुन्। ३५ दिने सूचना महत्वपूर्ण मानिन्छ। लोकसेवाले निकालेक नतिजा चित्त नबुझे यो अवधिमा लोकसेवाको उजुरी सुन्ने विभाग वा अदालतमा समेत जान पाइन्छ। ३५ दिनसम्म कुनै उजुरी नपरे वा प्राविधिक त्रुटि नदेखिए मात्र लोकसेवाले फाइनल नियुक्ति दिनेगर्छ।

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad